BIZMANDU
www.bizmandu.com

नेपालगंजमा बन्यो नेशनल लाइफ इन्स्योरेन्सको अत्याधुनिक सुविधा सम्पन्‍न भवन

२०८१ साउन ३२

नेपालगंजमा बन्यो नेशनल लाइफ इन्स्योरेन्सको अत्याधुनिक सुविधा सम्पन्‍न भवन
नेपालगंजमा बन्यो नेशनल लाइफ इन्स्योरेन्सको अत्याधुनिक सुविधा सम्पन्‍न भवन

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगंजस्थित अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवनको निर्माण सम्पन्‍न भएको छ। उक्त भवनको वास्तु पूजा समेत गरिएको छ।

Tata
GBIME

सो समारोहमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीको भवन लुम्बिनी प्रदेशकै व्यापारिक हब बन्‍ने बताइन्। उक्त भवनमा कम्पनीको कार्यालयका अतिरिक्त अन्य व्यापारिक कार्यालयहरूसमेत संचालन गर्ने योजना रहेको उनको भनाइ थियो।

सो क्रममा बरिष्ठ अभिकर्ताहरूले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण भएकोमा खुशी व्यक्त गरे। भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवर्धन हुनेमा आफूहरू विश्वस्त रहेको उनीहरूले भनाइ राखे।

वास्तु पूजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरूसहित बरिष्ठ अभिकर्ताहरूको सहभागिता रहेको थियो।