BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको प्रिपेड सिमबाट पनि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन सकिने

२०८१ साउन ३०

नेपाल टेलिकमको प्रिपेड सिमबाट पनि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन सकिने
नेपाल टेलिकमको प्रिपेड सिमबाट पनि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन सकिने


काठमाडौं। नेपाल टेलिकमले प्रिपेड मोबाइलबाट पनि अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गरेको छ। कम्पनीका अनुसार ४० देशमा रोमिङ सेवा लिन पाइनेछ।

Tata
GBIME

सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइलमार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्ने कम्पनीले जनाएको छ। कम्पनीले यसका लागि ती देशहरूमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्‍न भई सेवा संचालनमा रहेको जनाएको छ।

सेवाग्राहीले *१४१५*७# डायल पछि प्राप्त मेनुका आधारमा यो सेवा स्वतः संचालन हुने टेलिकमले जनाएको छ।