BIZMANDU
www.bizmandu.com

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, सुवाल विपक्षमा

२०८१ साउन ३०

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, सुवाल विपक्षमा
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, सुवाल विपक्षमा


काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।

Tata
GBIME

प्रतिनिधि सभाको बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल बाहेकका सबै सांसद विधेयकको पक्षमा उभिए। विधेयक पारित गर्न कानूनमन्त्री अजयकुमार चौरसियाले पेस गरेको प्रस्तावमा सुवाल भने विपक्षमा उभिए।

संक्रमणकालीन न्यायसम्बन्धी ऐन तेस्रोपटक संशोधन गरिएको हो। सरकारले यो ऐन संशोधनका लागि २०७९ फागुन २५ गते विधेयक संसद्‍मा दर्ता गराएको थियो। विधेयक दफाबार छलफलका लागि २०८० वैशाख १५ गते कानुन समितिमा पुगेको थियो। समितिले उपसमिति गठन गरेर छलफल चलाए पनि केही बुँदामा सहमति हुन सकेको थिएन्।

त्यसपछि नेपाली कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरिएको थियो। त्यो कार्यदलले सहमति जुटाएपछि समितिले विधेयकमाथिको प्रतिवेदन पारित गरेर मंगलबार प्रतिनिधि सभामा पेश गरेको थियो।