BIZMANDU
www.bizmandu.com

कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा विशेष छुट

२०८१ साउन ३०

कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा विशेष छुट
कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा विशेष छुट

काठमाडौं। कुमारी बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME

सम्झौताअन्तर्गत कुमारी बैंकका ग्राहकले हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट पाउने बैंकले जनाएको छ।

नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ बानेश्वर र कौशलटारस्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने छन्।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ।