BIZMANDU
www.bizmandu.com

कुलेश्वरस्थित काजु स्टोर गरेर राखिएको गोदाममा प्रहरीले किन मार्‍यो छापा ?

२०८१ साउन ३०

कुलेश्वरस्थित काजु स्टोर गरेर राखिएको गोदाममा प्रहरीले किन मार्‍यो छापा ?
कुलेश्वरस्थित काजु स्टोर गरेर राखिएको गोदाममा प्रहरीले किन मार्‍यो छापा ?

काठमाडौं। काठमाडौंको कुलेश्वरमा रहेको एक काजु स्टोर गरेर राखिएको गोदाममा प्रहरीले छापा मारेको छ।

Tata
GBIME

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत कालिमाटीको टोलीले गोदाममा छापा मारेको हो। राजस्व छली गरेर ल्याएको सामान स्टोर गरेर राखिएको भन्‍ने सूचना पाएपछि प्रहरीको टोली कुलेश्वर पुगेको हो।

‘केही सूचना आएको छ। अहिले नै यही हो भन्‍ने छैन,’ काठमाडौंका एसएसपी बसन्त रजौरेले भने।

स्टोर भारतीय नागरिकले संचालन गरेका हुन्।