BIZMANDU
www.bizmandu.com

ओलीले संसद्‍मा भने- संविधान सबै मिलेर बनाएका हौं, सर्वस्वीकार्य हुने गरी परिमार्जन गर्छौं

२०८१ साउन ३०

ओलीले संसद्‍मा भने- संविधान सबै मिलेर बनाएका हौं,  सर्वस्वीकार्य हुने गरी परिमार्जन गर्छौं
ओलीले संसद्‍मा भने- संविधान सबै मिलेर बनाएका हौं, सर्वस्वीकार्य हुने गरी परिमार्जन गर्छौं


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सहमतिका आधारमा संशोधन गरिने बताएका छन्। उनले बुधबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै सर्वस्वीकार्य हुने गरी संविधान संशोधन गरिने बताए।

Tata
GBIME
NLIC

‘संविधान संशोधन गर्न दुई तिहाइ यसै पनि चाहिन्छ। तर, पुर्‍याउनका लागि मात्र पुर्‍याउने काम हुँदैन। संविधानको सर्वस्वीकार्यतालाई ध्यानमा राखेर संविधान संशोधन गरिन्छ,’ उनले भने, ‘यस विषयमा राजनीतिक दलहरु र संविधानविदका बीचमा छलफल गर्न जरुरी छ।’

उनले संविधान संशोधनका क्रममा समावेशिता मासिने कल्पना नगर्न सांसदहरुसँग आग्रह गरे। ‘समावेशिता मासिने कल्पना नगरौं। आधारभूत मूल्यमान्यता विपरीत जाने कल्पना गर्न सकिंदैन,’ उनले भने, ‘सबै मिलेर संविधान बनाएका हौं, मिलेर नै परिमार्जन गर्छौं।’

२६ मिनेट लामो मन्तव्यका क्रममा ओलीले संविधान संशोधन र संक्रमणकालीन न्यायका विषयमा मात्र भनाइ राखे। उनी कसैप्रति आग्रह पूर्वाग्रह नराखि नरम रुपमा प्रस्तुत भएका थिए।