BIZMANDU
www.bizmandu.com

मर्सिडिजको जीएलई ३०० डी मोडल भारतमा सार्वजनिक, मूल्य भारु १ करोड १५ लाखसम्म

२०८१ साउन ३०

मर्सिडिजको जीएलई ३०० डी मोडल भारतमा सार्वजनिक, मूल्य भारु १ करोड १५ लाखसम्म
मर्सिडिजको जीएलई ३०० डी मोडल भारतमा सार्वजनिक, मूल्य भारु १ करोड १५ लाखसम्म


काठमाडौं। मर्सिडिज-बेन्च इन्डियाले जीएलई ३०० डी फोर म्याटिक एएमजी मोडल सार्वजनिक गरेको छ। विशिष्ट कस्मेटिक अपडेटका साथ आएको एएमजीले इन्ट्री-लेभल डिजेल भेरियन्टलाई प्रतिस्थापन गरेको छ।

Tata
GBIME

नयाँ ३०० डी फोर म्याटिक एएमजी लाइन भेरियन्टमा २.०-लिटर फोर-सिलिन्डर डिजल इन्जिन छ। जसले २६९ हर्सपावर र ५५० एनएम पीक टर्क जेनेरेट गर्छ। यसमा ४८ भी माइल्ड-हाइब्रिड इन्टिग्रेटेड स्टार्टर-जेनेरेटर छ, जसले पीक आउटपुटमा अतिरिक्त २० हर्सपावर र २०० एनएम टर्क उत्पादन गर्छ।

यसको इन्जिन ९ स्पीड अटोमेटिक गियरबक्ससँग जोडिएको छ। डिजल जीएलईले ६.९ सेकेण्डमा शुन्यदेखि १०० किलोमिटर प्रति घण्टा गति लिन्छ। यसको टप स्पीड २३० किलोमिटर प्रति घण्टा रहेको कम्पनीको दाबी छ।

यसमा २० इन्चको एएमजी एलोय ह्वीलहरू ट्रेमोलाइट ग्रेमा फिनिस गरिएको छ। अगाडिको भागमा ठूलो डिस्क ब्रेक जडान गरिएको छ। क्रोम ट्रिम स्ट्रिप भएको एएमजी फ्रन्ट एप्रोन, ब्लाकमा डिफ्युजर लुक इन्सर्ट र क्रोममा ट्रिम स्ट्रिप भएको एएमजी रियर एप्रोन प्रदान गरिएको छ।

यसमा थ्री-पोइन्टेड स्टार प्याटर्नसहितको डाइमण्ड-ग्रिल छ। क्रोम इन्सर्ट र ब्लाक सराउण्डसँग म्याट गाढा खैरो रंगमा पेन्ट गरिएको छ। अगाडि, स्पोर्टियर एयर इनलेट र गाडीको रंग जस्तै एएमजी साइड स्कर्ट छन्।

जीएलई ३०० डी फोर म्याटिक एएमजीको मूल्य भारु ९७ लाख ८५ हजारदेखि १ करोड १५ लाख रुपैयाँसम्म छ। भारतमा यसले बीएमडब्लु एक्स फाइभ, अउडी क्यु सेभेन, लेक्सस आरएक्स र भोल्भो एक्ससी ९० सँग प्रतिस्पर्धा गर्नेछ।