काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सको सबै सूचकमा सुधार देखिएको छ। कम्पनीले गत आर्थिक वर्ष खुद नाफा ९७.६४ प्रतिशतले बढाएको छ।
कम्पनीले गत आर्थिक वर्ष १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा ६४ करोड ९४ लाख रुपैयाँमा सीमित थियो।
नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रति सेयर आम्दानी ३.०६ रुपैयाँ बढेर १२.३४ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति सेयर नेटवर्थ १५४.२६ रुपैयाँ छ।
कम्पनीले बीमा शुल्क आर्जन ८२.७५ र कुल आम्दानी ६७.०९ प्रतिशतले बढाएको छ। उसले ५ अर्ब ४५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ६ अर्ब ६२ करोड रुपैयाँ कुल आम्दानी गरेको छ।
१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी कम्पनीको विशेष जगेडामा १ अर्ब ९ करोड, महाविपत्ति कोषमा ११ करोड १० लाख, रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ छ। विशेष जगेडा कोष १४०.८७ प्रतिशतले बढेको छ।