BIZMANDU
www.bizmandu.com

२५० सीसी क्षमताको जावा ४२ बाइक भारतमा लन्च, ग्राउन्ड क्लियरेन्ससहितका विशेषता यस्ता

२०८१ साउन २९

२५० सीसी क्षमताको जावा ४२ बाइक भारतमा लन्च, ग्राउन्ड क्लियरेन्ससहितका विशेषता यस्ता
२५० सीसी क्षमताको जावा ४२ बाइक भारतमा लन्च, ग्राउन्ड क्लियरेन्ससहितका विशेषता यस्ता

काठमाडौं। पर्फमेन्सका साथै नियो-क्लासिक डिजाइन गरिएका बाइक मन पराउनेहरूका लागि जावाले नयाँ उत्पादन ल्याएको छ। कम्पनीले जावा ४२ बाइक भारतीय बजारमा सार्वजनिक गरेको छ।

Tata
GBIME

बाइक ६ वटा नयाँ रङसहित कुल १४ कलर अप्सनमा ल्याइएको छ। भेगा ह्वाइट, भोयाजर रेड, एस्टेरोइड ग्रे, ओडिसी ब्ल्याक, नेबुला ब्लू र सेलेस्टियल कपर म्याट नयाँ कलर हुन्।

जावा ४२ मा कम्पनीले १७ र १८ इन्चको अलोय र स्पोक ह्वीलको विकल्प दिएको छ। यसमा राउण्ड हेडलाइट, दुवै पाङ्ग्रामा डिस्क ब्रेक, पहिलेभन्दा राम्रो ग्राउन्ड क्लियरेन्स, डुअल च्यानल एबीएस, असिस्ट र स्लिप क्लच, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटीका साथै युएसबी चार्जरको विकल्प छ।

यसको पहिलेको मोडलमा १६५ एमएम ग्राउन्ड क्लियरेन्स थियो। नयाँ मोडलमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स छ।

कम्पनीले नयाँ बाइकमा २५० सीसी क्षमताको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन दिएको छ। जसमा सिक्स स्पीड गियरबक्स उपलब्ध छ। यस इन्जिनबाट बाइकले २७.३२ पीएस पावर र २६.८४ न्यूटन मिटर टर्क उत्पादन गर्छ।

बाइकमा ट्वीन एक्जस्ट सिस्टम पनि छ। कम्पनीका अनुसार यसलाई पहिलेको भन्दा राम्रो ट्युन गरिएको छ जसले दोस्रो, तेस्रो र चौथो गियरमा चलाउन सहज हुनेछ।

जावाले आफ्नो नयाँ बाइकको मूल्य भारु १ लाख ७३ हजार रुपैयाँ राखेको छ। ग्राहकले एलोय ह्वील भएको बाइक किन्न चाहे १ लाख ८९ हजार रुपैयाँ तिर्नुपर्नेछ। यसको टप भेरियन्टको मूल्य १ लाख ९८ हजार रुपैयाँ भारु छ।

यो ब्रान्डका बाइक नेपाली बजारमा पनि उपलब्ध छन्। भारतमा अहिले लन्च गरिएको बाइक आउन भने केही समय लाग्नेछ।