BIZMANDU
www.bizmandu.com

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कार्ययोजना बन्यो, मन्त्रिपरिषद्‍बाट स्वीकृत

२०८१ साउन २९

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कार्ययोजना बन्यो, मन्त्रिपरिषद्‍बाट स्वीकृत
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कार्ययोजना बन्यो, मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं। दुई साताको बीचमा दुई वटा हवाई दुर्घटना भएपछि नियामकको भूमिकालालाई लिएर संसद्‍मा प्रश्‍न उठिरहेका बेला सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ।

Tata
GBIME

साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको हो। कार्ययोजना समावेश विषयबारे भने सरकारले जानकारी दिएको छैन।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सार्वजनिक गरेअनुसार मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको छ।

यी दुवै विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्ष नाघिसकेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको पनि दुई वर्ष पूरा हुन लागेको छ।