BIZMANDU
www.bizmandu.com

नाडा अटो शोमा पहिलोपटक गाडी ब्रान्ड मुख्य प्रायोजक, यो पटकको स्पोन्सर टाटा डट इभी

२०८१ साउन २९

नाडा अटो शोमा पहिलोपटक गाडी ब्रान्ड मुख्य प्रायोजक, यो पटकको स्पोन्सर टाटा डट इभी
नाडा अटो शोमा पहिलोपटक गाडी ब्रान्ड मुख्य प्रायोजक, यो पटकको स्पोन्सर टाटा डट इभी


काठमाडौं। अटो व्यवसायीहरुको सबैभन्दा ठूलो मेला नाडा अटो शोमा यसपालि मुख्य प्रायोजक टाटा हुने भएको छ।

Tata
GBIME

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमिति बैठकले टाटा डट इभीलाई टाइटल स्पोन्सरका रुपमा छनोट गरेको हो।

नाडाका एक सदस्यका अनुसार टाटा डट इभीलाई मुख्य प्रायोजकका रुपमा छनोट गरेको जानकारी दिए। नाडामा पहिलो पटक गाडी ब्रान्ड नै टाइटल स्पोन्सरमा छनोट भएको हो।

यसअघि नाडा अटो शोमा स्पेयर पार्ट्स, लुब्रिकेन्ट, ब्याट्री कम्पनी मुख्य प्रायोजक हुने गरेका थिए।

नाडा अटो शो आगामी भदौ ११ गतेदेखि भृकुटीमण्डपमा हुँदैछ। नाडा अटो शोमा प्यासेन्जर चारपाङ्ग्रे गाडीका २२, लाइट कमर्सियल गाडीका १३ वटा र दुई पाङ्ग्रे सवारीका ३३ वटा स्टल रहनेछन्। यस्तै बैंक तथा वित्तीय संस्थाले पनि स्टल राख्दैछन्।