BIZMANDU
www.bizmandu.com

सभामुख घिमिरेको व्यवहारको विपक्षी दलले गरे विरोध, १७ मिनेटपछि सम्हालियो स्थिति

२०८१ साउन २९

सभामुख घिमिरेको व्यवहारको विपक्षी दलले गरे विरोध, १७ मिनेटपछि सम्हालियो स्थिति
सभामुख घिमिरेको व्यवहारको विपक्षी दलले गरे विरोध, १७ मिनेटपछि सम्हालियो स्थिति


काठमाडौं। प्रतिनिधि सभाको मंगलबारको बैठकमा तनावको स्थिति उत्पन्न भएको छ। सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोलिरहँदा माइकको लाइन काटिदिएपछि तनावको स्थिति उत्पन्न भएको हो।

Tata
GBIME

ढकालले डेडिकेटेड र ट्रंक लाइनको विषय उठाएपछि सभामुख घिमिरेले यातायात क्षेत्रमा असुरक्षाको विषयमा बोल्न समय मागेर अर्को विषय उठाउन खोजेको भन्दै लाइन काटिदिए।

त्यसपछि रास्वपाका साथै राप्रपाका सांसदले उठेर अवरोध गरे। त्यसपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए। उनले सांसद ढकालले विद्युत महसुलको विषय उठाउनेवित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरुले संसद् बैठकमा जुनसुकै विषय उठाउन सक्ने भन्दै सभामुखले बोल्ने विषयमा बन्देज लगाउन नपाउने बताए। ‘प्रतिनिधि सभाका सदस्यलाई तिमीले यो मात्र बोल्न पाउँछौं भन्ने कुरा मान्य हुँदैन। जनताका प्रतिनिधिले आफ्ना विषय राख्दा संसद नियमावलीविपरीत भए सभामुखले रोक्न पाइन्छ। अन्यथा नियन्त्रित गर्ने कुरा मान्दैनौं,’ उनले भने।

सभामुखले आग्रह गर्दा पनि रास्वपा र राप्रपा सांसदहरुले बस्न मानेनन्। उनीहरुलाई प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदले पनि उठेर साथ दिए। त्यही बेला एमाले सांसद रघुजी पन्तले बोल्न खोजेका थिए। तर, स्थिति थप तनावपूर्ण हुने देखपिछि सभामुख घिमिरेले सांसद ढकाललाई बाँकी समय उपयोग गरेर बोल्न समय दिए। त्यसपछि १७ मिनेट लामो तनावपूर्ण स्थिति सम्हालियो।

ढकालले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर महसुल तिर्न नमानेका उद्योगको लाइन जोड्न प्रधानमन्त्रीले निर्देशन दिनुलाई स्वाभाविक मान्न नसकिने बताए। उनले प्रधानमन्त्रीले बक्यौता नतिर्ने उद्योगको पक्ष लिने भन्दा बक्यौता उठाउनका लागि निर्देशन दिन ध्यानाकर्षण गराए।