BIZMANDU
www.bizmandu.com

सुनसरीमा फरार प्रतिवादीबाट एक वर्षमा ६ करोड ६६ लाखभन्दा बढी राजस्व संकलन

२०८१ साउन २९

सुनसरीमा फरार प्रतिवादीबाट एक वर्षमा ६ करोड ६६ लाखभन्दा बढी राजस्व संकलन
सुनसरीमा फरार प्रतिवादीबाट एक वर्षमा ६ करोड ६६ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा ६ करोडभन्दा बढी राजस्व संकलन भएको छ।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आर्थिक वर्ष ६ करोड ६६ लाख ३० हजार ९९१ रुपैयाँ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले १४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा १९३ वर्ष ६ महिना ६ दिन कैद भुक्तानी भएको उनले जानकारी दिए।