BIZMANDU
www.bizmandu.com

एयर एसियाले साताको ४ दिन काठमाडौं-बैंकक उडान गर्ने, प्रोमोसनल टिकटको ९ हजार ९९०

२०८१ साउन २९

एयर एसियाले साताको ४ दिन काठमाडौं-बैंकक उडान गर्ने, प्रोमोसनल टिकटको ९ हजार ९९०
एयर एसियाले साताको ४ दिन काठमाडौं-बैंकक उडान गर्ने, प्रोमोसनल टिकटको ९ हजार ९९०

काठमाडौं । मलेसियाको लो कस्ट बजेट एयरलाइन्स एयर एसियाले काठमाडौंबाट बैंकक उडान गर्ने भएको छ।

Tata
GBIME

पाँच वर्षपछि काठमाडौंबाट उडान सुरु गर्न लागेको एयर एसियाले साताको ४ दिन (सोमबार, बुधबार, शुक्रबार र आइतबार) बैंककको डन मुइङमा उडान गर्ने भएको हो। उडान अक्टोबर २ देखि सुरु हुनेछ।

एयर एसियाले काठमाडौंदेखि बैंकक उडानको टिकट दर ९ हजार ९९० रुपैयाँ कायम गरेको छ। यो मूल्य प्रोमोसनल अफर अन्तर्गत हो। यो अफर सन् २०२४ अक्टोबर २ देखि सन् २०२५ को मार्च २८ सम्म यात्रा गर्नेका लागि मात्र लागू हुनेछ। त्यसका लागि अगष्ट १२ देखि अगष्ट २५ सम्म टिकट बुक गरिसक्नुपर्नेछ।

बैंकक नेपालीहरु यात्रा गर्ने मुख्य ‘डेस्टिनेसन’मा पर्ने भएकोले यो अफरले उनीहरुलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ।

यो प्रोमोसनल अफर एयरएसिया मुभ एप र एयर एसियाको पार्टनर युनिभर्सल टुर एन्ड ट्राभल्सबाट टिकट बुक गरेर प्राप्त गर्न सकिनेछ। यस्तै, नजिकैको एयर एसिया एजेन्सीमा गएर पनि टिकट बुक गर्न सकिन्छ।

यो रुटमा साधारण टिकटको मूल्य हाल करिब २४ हजार रुपैयाँदेखि सुरु हुन्छ।