BIZMANDU
www.bizmandu.com

डङफेङको नामी बक्स दुई भेरियन्टमा नेपाल आयो, मूल्य ३३ लाखदेखि ३६ लाख

२०८१ साउन २९

डङफेङको नामी बक्स दुई भेरियन्टमा नेपाल आयो, मूल्य ३३ लाखदेखि ३६ लाख
डङफेङको नामी बक्स दुई भेरियन्टमा नेपाल आयो, मूल्य ३३ लाखदेखि ३६ लाख

काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी डङफेङको नामी बक्स दुई वटा भेरियन्टमा नेपाल आएको छ। नामीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्मले मंगलबार उक्त गाडीको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको हो।

Tata
GBIME

कम्पनीका अनुसार नामी बक्स ३१.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक भएको बेस भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

साथै ४२.३ किलोवाट क्षमताको गाडीको ३५ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ।

डङफेङका यी दुवै मोडलमा ७० किलोवाट क्षमताका मोटर छन्। यो गाडी ह्याचब्याक सेगमेन्टमा नेपाली बजारमा इन्ट्री गरेको हो।