BIZMANDU
www.bizmandu.com

ओमोडा ई-फाइभको नयाँ भेरियन्ट नेपाली बजारमा, मूल्य ५५ लाख ९९ हजार रुपैयाँ

२०८१ साउन २९

ओमोडा ई-फाइभको नयाँ भेरियन्ट नेपाली बजारमा, मूल्य ५५ लाख ९९ हजार रुपैयाँ
ओमोडा ई-फाइभको नयाँ भेरियन्ट नेपाली बजारमा, मूल्य ५५ लाख ९९ हजार रुपैयाँ

काठमाडौं। चिनियाँ इलेक्ट्रिक गाडी ओमोडाको ई-फाइभको नयाँ डिलक्स भेरियन्ट ५५ लाख ९९ हजार रुपैयाँमा आउने भएको छ। ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले उक्त गाडीमा केही फिचर घटाएर ल्याएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले मंगलबार सार्वजनिक गरेको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनुसार अब ओमोडा ई-फाइभ डिलक्सको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

यस्तै लक्जरी भेरियन्टको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस अघि कम्पनीले ई-फाइभ ६१ लाख ९९ हजार र ६२ लाख ४९ हजारमा बिक्री हुँदै आएको थियो।

कम्पनीले नयाँ डिलक्स भेरियन्टमा सनरुफ र पछाडिको रिडिङ लाइट हटाएको छ। साथै ३६० डिग्री क्यामेरा, प्राइभेसी एण्ड साइलेन्ट ग्लास, स्पिकर ६ वटा, रियर डाइनामिक टर्निङ लाइट, पावर टेलगेट जस्ता फिचर यसमा छैन।

लक्जरी भेरियन्टमा भने ती फिचरहरु उपलब्ध छन्।