BIZMANDU
www.bizmandu.com

एनसेलले समाधान गर्‍यो समस्या, अप्टिकल फाइबर काटिएर अवरुद्ध सेवा पूर्णरुपमा सञ्चालनमा

२०८१ साउन २८

एनसेलले समाधान गर्‍यो समस्या, अप्टिकल फाइबर काटिएर अवरुद्ध सेवा पूर्णरुपमा सञ्चालनमा
एनसेलले समाधान गर्‍यो समस्या, अप्टिकल फाइबर काटिएर अवरुद्ध सेवा पूर्णरुपमा सञ्चालनमा


काठमाडौं। एनसेलको सेवामा देखिएको समस्या समाधान भएको छ। अप्टिकल फाइबर काटिएर अवरुद्ध भएका सेवा पूर्णरुपमा संचालनमा आएको कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

अपराह्‍न ३ः४८ बजेबाट एनसेलको सेवा अवरुद्ध भएको थियो। त्यसको करिब २ घण्टामा कम्पनीले समस्या समाधान गरेको हो।

‘आज दिउँसो अप्टिकल फाइबर काटिएर अवरुद्ध भएका सेवाहरु हाम्रो प्राविधिक टोलीको अथक प्रयासका कारण छोटो समयामा नै पूर्णरुपमा पुनः संचालनमा ल्याउन सफल भएको जानकारी गराउन चाहन्छौं,’ कम्पनीले सामाजिक सञ्जालमार्फत भनेको छ।