BIZMANDU
www.bizmandu.com

नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, भदौ १७ मा विशेष साधारण सभा

२०८१ साउन २८

नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, भदौ १७ मा विशेष साधारण सभा
नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, भदौ १७ मा विशेष साधारण सभा

काठमाडौं। नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले ८ प्रतिशत लाभांश दिने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो।

Tata
GBIME
NLIC

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो। यो निर्णय अनुमोदनका लागि बैंकले भदौ १७ गतेका लागि विशेष साधारण सभा राखेको छ।

अधिकृत, जारी र चुक्ता पूँजी वृद्धिका साथै प्रबन्धपत्र र नियमावलीमा संशोधन लगायत एजेन्डामा छलफल गर्न बैंकले विशेष साधारण सभा बोलाएको हो।

विशेष साधारण सभाबाट पारित भएपछि बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नेछ।

पछिल्लो समय प्राथमिक पुँजीकोषमा दबाबका कारण बैंकले अग्राधिकार सेयर जारी गरेर पुँजीकोष सजिलो बनाउने रणनीति लिएको देखिन्छ।