BIZMANDU
www.bizmandu.com

आइजीआई प्रुडेन्सियलको खुद नाफा १५६.६७% वृद्धि, प्रति सेयर आम्दानी २०.७१ रुपैयाँ

२०८१ साउन २८

आइजीआई प्रुडेन्सियलको खुद नाफा १५६.६७% वृद्धि, प्रति सेयर आम्दानी २०.७१ रुपैयाँ
आइजीआई प्रुडेन्सियलको खुद नाफा १५६.६७% वृद्धि, प्रति सेयर आम्दानी २०.७१ रुपैयाँ

काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा उल्लेख्य रूपमा बढेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Tata
GBIME

इन्स्योरेन्सले आर्जन गरेको मुनाफा अघिल्लो वर्ष सोही अवधिभन्दा १५६.६७ प्रतिशतले बढी हो। कम्पनीले २०७९/८० मा २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लगानीबाट भएको आम्दानी वृद्धि हुँदा कम्पनीको खुद नाफामा उच्च अंकले बढेको हो। आइजीआईले पोहोर लगानीबाट ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो वर्षको तुलनामा सो रकम १६२.४२ प्रतिशतले धेरै हो। कम्पनीले अघिल्लो वर्ष लगानीबाट २१ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीले व्यापारमा पनि सुधार गरेको छ। खुद बीमा शुल्क १ अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षभन्दा ९०.५६ प्रतिशतले बढी हो।

इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रति सेयर आम्दानी २०.२१ रुपैयाँ र प्रति सेयर नेटटवर्थ १८७.७० रुपैयाँ छ।