BIZMANDU
www.bizmandu.com

खाद्य कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा तीन जनाको नाम छनोट, कसले मार्ला बाजी ?

२०८१ साउन २७

खाद्य कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा तीन जनाको नाम छनोट, कसले मार्ला बाजी ?
खाद्य कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा तीन जनाको नाम छनोट, कसले मार्ला बाजी ?


काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि तीन जनाको नाम छनोट भएको छ।

GBIME
Tata

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पदपूर्तिका लागि खुल्ला प्रतिस्पर्धामा आवेदन आह्वान गरेको थियो। मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्रिजेन्टेसनमा सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम छनोट गरेको हो।

छनोट हुनेमा कम्पनीकै निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराम लम्साल, उदयपुर सिमेन्टका पूर्व महाप्रबन्धक गोपीकृष्ण न्यौपाने र रमेश आचार्य छन्। न्यौपाने उदयपुर सिमेन्टभन्दा अघि सीजी अटोमोबाइल्समा कार्यरत थिए। उनी माछापुच्छ्रे बैंकका संचालक समेत भइसकेका छन्।