BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता, परामर्शदाताको सिफारिसमा शैक्षिक कर्जा

२०८१ साउन २५

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता, परामर्शदाताको सिफारिसमा शैक्षिक कर्जा
माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता, परामर्शदाताको सिफारिसमा शैक्षिक कर्जा

काठमाडौं। माछापुच्छ्रे बैंक र एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) झापा शाखाबीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यावसायिक सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौता पत्रमा इक्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुवेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरे। सम्झौताअनुसार इक्यान झापामा आवद्ध परामर्शदाताहरूलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवाहरू सरल र सहज रुपमा उपलब्ध गराउनेछ।

साथै, इक्यान झापामा आवद्ध परामर्शदाताहरूको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्टमार्फत विभिन्‍न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।