BIZMANDU
www.bizmandu.com

कम्पनीको नाम परिवर्तन गर्दा गुगलले हटाएको इसेवाको एप प्ले स्टोरमा पुनः उपलब्ध

२०८१ साउन २४

कम्पनीको नाम परिवर्तन गर्दा गुगलले हटाएको इसेवाको एप प्ले स्टोरमा पुनः उपलब्ध
कम्पनीको नाम परिवर्तन गर्दा गुगलले हटाएको इसेवाको एप प्ले स्टोरमा पुनः उपलब्ध


काठमाडौं। इसेवाको एप प्ले स्टोरमा पुनः उपलब्ध भएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै बिहीबार उक्त जानकारी दिएको हो।

Tata
GBIME
NLIC

कम्पनीको नाम परिवर्तन प्रक्रिया जारी रहँदा गुगलले विवरण भिन्न देखिएकोले प्ले स्टोरमा अस्थाई रुपमा इसेवाको एप हटाएको थियो। अहिले उक्त प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।

गुगलले प्रयोगकर्ताहरूको सुरक्षाका निम्ति नयाँ नीति लिएको छ। जसमा डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा फरक देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरू हटाउने गरेको छ। गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ।

इसेवाको हकमा अकाउन्ट इसेवा प्राइभेट लिमिटेडको नामले भेरिफाइड थियो। तर केही समयअगाडि कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन भएको हुनाले गुगल प्ले स्टोरमा नाम परिवर्तनको प्रक्रिया सुरु गरिएको थियो।

‘इसेवाको स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि रहेको थियो। गत बैशाख २८, २०८१ देखि भने कम्पनी लिमिटेडमा रूपान्तरण भएकोले यही नाम परिवर्तनको मामिलाले इसेवाको बिजनेस भेरिफिकेसनमा कठिनाइ उत्पन्न भएको थियो,’ इसेवाले भनेको छ।

गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स नम्बर प्रयोग गर्छ। जुन डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ।

गुगल प्ले स्टोरबाट इसेवाको एप कुनै सुरक्षा कमजोरी वा सुरक्षासम्बन्धी समस्याले नहटाइएको पनि कम्पनीले स्पष्ट पारेको छ।