BIZMANDU
www.bizmandu.com

मदन भण्डारी राजमार्गको बड्डिचौर-गुटु-कर्णाली खण्डमा लाग्यो ठेक्का, लागत १ अर्ब ३६ करोड

२०८१ साउन २४

मदन भण्डारी राजमार्गको बड्डिचौर-गुटु-कर्णाली खण्डमा लाग्यो ठेक्का, लागत १ अर्ब ३६ करोड
मदन भण्डारी राजमार्गको बड्डिचौर-गुटु-कर्णाली खण्डमा लाग्यो ठेक्का, लागत १ अर्ब ३६ करोड

काठमाडौं। मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत बड्डिचौर-गुटु-कर्णाली खण्डको ठेक्का लागेको छ। आयोजनाले बिहिबार यो खण्डको सडक विस्तार गर्न दिवा-यति बिल्डर्स जेभीले ठेक्का पाएको जनाएको छ।

Tata
GBIME
Nepal Life

आयोजनाले निर्माण कम्पनीसँग सडक विस्तार र कालोपत्र गर्न १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो।

सम्झौता अनुसार यो खण्डमा २५ किलोमिटर सडक निर्माण गर्नु पर्नेछ। त्यसका लागि २ वर्षको समय छ। बड्डिचौर-गुटु-कर्णाली खण्ड भने ५५ किलोमिटर दूरीको हो।

आयोजनाले ठेक्का लगाउन गत चैत ३० गते टेण्डर आह्वान गरेको थियो।