BIZMANDU
www.bizmandu.com

गुगलले ‘एन्टिट्रस्ट’ मुद्दा हार्‍यो, स्मार्टफोनमा डिफल्ट सर्च इन्जिन बनाउन पैसा तिर्नु गैरकानुनी ठहर

२०८१ साउन २४

गुगलले ‘एन्टिट्रस्ट’ मुद्दा हार्‍यो, स्मार्टफोनमा डिफल्ट सर्च इन्जिन बनाउन पैसा तिर्नु गैरकानुनी ठहर
गुगलले ‘एन्टिट्रस्ट’ मुद्दा हार्‍यो, स्मार्टफोनमा डिफल्ट सर्च इन्जिन बनाउन पैसा तिर्नु गैरकानुनी ठहर


गुगलले स्मार्टफोनको सर्च इन्जिनसम्बन्धी ‘एन्टिट्रस्ट’ मुद्दा हारेको छ। स्मार्टफोनका वेब ब्राउजरहरूमा आफ्नो सर्च इन्जिनलाई डिफल्ट (पूर्वनिर्धारित) बनाउन गुगलको भुक्तानीले अमेरिकाको एन्टिट्रस्ट कानुनको उल्लङ्घन गरेको अदालतले ठहर गरेको छ

Tata
GBIME
NLIC

उक्त मुद्दामा एक संघीय न्यायाधीशले सोमबार गुगलको विपक्षमा फैसला सुनाएका छन्।

अल्फाबेट इंकको इकाइ गुगलले आफ्नो सर्च इन्जिनलाई डिफल्ट बनाउन २६ अर्ब डलर बढी भुक्तानी गरेको थियो। गुगलको उक्त कदमले अन्य कुनै पनि प्रतिस्पर्धीलाई बजारमा सफल हुनबाट रोकेको वाशिंगटनका न्यायाधीश अमित मेहताको ठहर छ।

गुगलले अनलाइन खोजी र त्यससँग सम्बन्धित विज्ञापनहरूमा अवैध रूपमा एकाधिकार कायम गरेको एन्टिट्रस्ट अधिकारीहरूको आरोप छ। स्मार्टफोन र वेब ब्राउजरमा प्राइम प्लेसमेन्टका लागि गुगलले दशकौंदेखि एप्पल इंक, सामसुङ इलेक्ट्रोनिक्स कम्पनी र अन्यलाई अर्बौं भुक्तानी गरेको सरकारको भनाइ छ।

यही पूर्वनिर्धारित स्थितिले नै गुगललाई संसारमा सबैभन्दा धेरै प्रयोग गरिने सर्च इन्जिन बनाएको बताइएको छ। गुगलको वार्षिक ३ खर्ब डलरभन्दा बढीको आम्दानीमा यसले पनि धेरै बढावा दिएको दाबी गरिएको छ।

एन्टिट्रस्ट मुद्दामा संघीय सरकार र अमेरिकी टेक्नोलोजी कम्पनी दुई दशकभन्दा बढी समयपछि पहिलो पटक आमनेसामने भएका हुन्।