BIZMANDU
www.bizmandu.com

टाटा एक्सप्रेस-टी ट्याक्सी चालकलाई सहज, खाडीचौरमा फास्ट चार्जर स्टेसन सञ्चालनमा

२०८१ साउन २३

टाटा एक्सप्रेस-टी ट्याक्सी चालकलाई सहज, खाडीचौरमा फास्ट चार्जर स्टेसन सञ्चालनमा
टाटा एक्सप्रेस-टी ट्याक्सी चालकलाई सहज, खाडीचौरमा फास्ट चार्जर स्टेसन सञ्चालनमा

काठमाडौं। टाटा मोटर्सको एक्सप्रेस-टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ। ग्राहकको सुविधालाई ध्यानमा राखी चार्जिङ स्टेसन थप गरिएको कम्पनीले जनाएको छ।

Tata
GBIME

बालकुमारी, भक्तपुर, गोंगबु र कपनमा पनि ‘एक्सप्रेस–टी’ का लागि फास्ट चार्जरको व्यवस्था छ। ग्राहक सुविधा थप तथा सेवा सञ्जाल बिस्तार अन्तर्गत फास्ट चार्जर स्टेसन सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीले दुधौली कटारीमा पनि फास्ट चार्जर राख्न लागेको छ।

टाटा मोटर्सको ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी अहिले ग्राहकको रोजाइमा छ। नयाँ प्रविधिका साथमा आकर्षक बनावट, सामान राख्न पर्याप्त बूट स्पेस लगायत कारण रोजाइमा परेको कम्पनीको भनाइ छ।

एक्सप्रेस–टीमा १ वर्षको गाडीको बिमा, ३ वर्षसम्मको निःशुल्क सर्भिसिङ र १ लाख ६० हजार किलोमिटरसम्मको ब्याट्री र मोटरमा वारेन्टी सुविधा छ।