BIZMANDU
www.bizmandu.com

डुबानमा बल्खु क्षेत्र : तरकारी बजार पस्यो भेल, लाखौंको कृषि सामाग्री बिग्रियो

२०८१ साउन २२

डुबानमा बल्खु क्षेत्र : तरकारी बजार पस्यो भेल, लाखौंको कृषि सामाग्री बिग्रियो
डुबानमा बल्खु क्षेत्र : तरकारी बजार पस्यो भेल, लाखौंको कृषि सामाग्री बिग्रियो

काठमाडौं । अविरल वर्षासँगै वाग्मती नदीको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ।

Tata
GBIME

आज बिहानदेखि बजार क्षेत्र जलमग्न हुँदा व्यापारी र ग्राहक मारमा परेका छन्। डुबानका कारण लाखौंको कृषि सामाग्री बिग्रिएको व्यापारीले बताएका छन्।

वाग्मती नदि किनारसँगै जोडिएको सो बजारमा हरेकपल्ट ठूलो वर्षा हुँदा भेल पस्ने गर्छ।

बल्खु बजारसँगै नजिकका घरटहरामा पनि भेल पसेको छ।

डुबानका कारण सो क्षेत्रमा यातायात प्रभावित भएको छ।