BIZMANDU
www.bizmandu.com

ऋण लिन ब्याजदर कहाँ सस्तो पर्छ? कुन बैंकको आधार दर कति?

२०८१ साउन २२

ऋण लिन ब्याजदर कहाँ सस्तो पर्छ? कुन बैंकको आधार दर कति?
ऋण लिन ब्याजदर कहाँ सस्तो पर्छ? कुन बैंकको आधार दर कति?

काठमाडौं। ऋणको माग नभएर लगानीयोग्य रकम प्रणालीमा थुप्रिएपछि बैंकहरुले निक्षेपसँगै ऋणको ब्याजदर पनि आक्रामक रुपमा घटाएका छन्। एक वर्षमा वाणिज्य बैंकको आधार दर औसतमा १.९७ विन्दुले घटेको हो।

Tata
GBIME
Zonsen

आर्थिक वर्ष २०७९/०८० बैंकहरुको आधार दर औसतमा १०.०५ प्रतिशत रहेकामा गत वर्ष आइपुग्दा ८.०८ प्रतिशतमा झरेको छ। सबै वाणिज्य बैंकको आधार दर एकल अंकमा आइपुगेको छ। अघिल्लो वर्ष चैतमा १२ वटा बैंकको आधार दर दोहोरो अंकमा थियो।

आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन ।
ऋणको माग नभएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। त्यही भएर बैंकको लागत घट्दा आधार दर कम हुँदै आइरहेको हो।

घर तथा गाडी कर्जाको ब्याज दर निक्कै सस्तो भइसकेको छ। प्राथमिकता प्राप्त क्षेत्रमा आधार दरमा बढीमा २ प्रतिशत मात्र प्रिमियम जोड्न पाइने भएकाले त्यो ब्याज दर अझ घटेको छ। कर्पोरेट ऋणीहरुले त आधार दरमै ऋण पाइरहेका छन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा तल छ। बैंकको आधार दर ६.६ प्रतिशतमा झरेको छ। राष्ट्रिय वाणिज्य बैंकको ६.७१ प्रतिशत छ। सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ९.१९ प्रतिशत छ।

आर्थिक गतिविधिमा सुस्तताका कारण कर्जाको माग नभएपछि बैंकले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा आधार दर तल आएको हो। नयाँ कर्जाको माग नरहेको र यसअघि लिएको कर्जा पनि असुल नभइरहेको अवस्थामा बाध्य भएर ब्याजदर घटाउनु परेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले बताए।

‘ब्याजदर माग र आपूर्तिले तय गर्ने हो। अहिले कर्जाको माग बढेको छैन। माग नबढेपछि ब्याजदर घट्ने नै भयो,’ उनले भने, ‘निक्षेपको ब्याजदर घट्दा त्यसको प्रभाव सिधै कर्जाको ब्याजदरमा पर्छ। ऋणीहरुले किस्ता तिर्न नसकेको बेलामा ब्याजदर सस्तो हुँदा उनीहरुलाई पनि सहज हुने देखिन्छ।’

राष्ट्र बैंकले दिएको सहुलियतका कारण यसअघि गरेको प्रोभिजननिङ फिर्ता गर्न पाउदा वाणिज्य बैंकहरुको औषत नाफा १३.३९ प्रतिशतले बढेको छ।

गत वर्ष बैंकहरुदे ६४ अर्ब १५ करोड रुपैयाँ नाफा गर्दा खराब कर्जा नोक्सानी व्यवस्थापनका लागि १९ अर्ब ३२ करोड रुपैयाँ छुट्याउनु परेको छ।

१६ वटा बैंक मुनाफा बाँड्न सक्ने अवस्थामा छैन। चार बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ। ब्याजदर निरन्तर घटेपनि बैंकमा निक्षेप बढिरहेको छ। ऋण भने अपेक्षितरुपमा विस्तार हुन सकेको छैन।

तथ्यांकमा बैंकको ब्याजदर

बैंक२०८०/०८१२०७९/०८०
नबिल७.६३९.५२
नेपाल इन्भेष्टमेन्ट मेगा७.६९९.३६
स्ट्यान्डर्ड चार्टर्ड६.६९.०२
हिमालयन९.०८१०.८६
नेपाल एसबिआई८.३१०.७४
एभरेष्ट७.४५९.९२
एनआईसी एसिया९.१९९.९८
माछापुच्छ्रे८.२६१०.४७
लक्ष्मी सनराइज८.५२१०.७५
कुमारी८.८९१०.९
सिद्धार्थ८.११९.९१
सानिमा७.८३१०.१५
एनएमबि८.४२१०.३७
प्रभु८.२१०.१६
ग्लोबल आइएमई८.२६१०.५१
सिटिजन८.०९१०.२
प्राइम कमर्सियल८.४९१०.५७
कृषि विकास८.०९१०.०६
नेपाल बैंक७.९७९.९२
राष्ट्रिय वाणिज्य बैंक६.७१७.७९
औसत८.०८९१०.०५८