BIZMANDU
www.bizmandu.com

इन्स्टाग्राममा एउटै पोस्टबाट धेरै कमाउनेमा रोनाल्डो, मेस्सी र सेलेना अगाडि

२०८१ साउन २२

इन्स्टाग्राममा एउटै पोस्टबाट धेरै कमाउनेमा रोनाल्डो, मेस्सी र सेलेना अगाडि
इन्स्टाग्राममा एउटै पोस्टबाट धेरै कमाउनेमा रोनाल्डो, मेस्सी र सेलेना अगाडि


काठमाडौं । मार्केटिङको लागि अहिले सजिलो र छिटो रिटर्न दिने प्लेटफर्म हो इन्स्टाग्राम। युवा वर्गहरु यो प्लेटफर्ममा झुम्मिँदा इन्फ्लुएन्सरहरुले पनि मनग्य आम्दानी गरिरहेका छन्। जसकारण मार्केटिङका लागि ब्राण्डहरुले प्रयोग गर्ने सबैभन्दा ठूलो प्लाटफर्म समेत बनेको छ इन्स्टाग्राम।

Tata
GBIME
NLIC

सामाजिक संजाल र विशेषगरी इन्स्टाग्राममा मार्केटिङका लागि ब्राण्डहरुले इन्फ्लुएन्सरहरुसँग ‘कोल्याब’ थरिरहेका हुन्छन्। अहिले विज्ञापनको नयाँ एक्टर नै इन्फ्लुएन्सर भएसँगै धेरै फलोवर्स भएका सेलिब्रेटीको नजरमा ब्राण्डहरु रहन्छन्।

इन्फ्लुएन्सर मार्केटिङ हबको तथ्यांकअनुसार इन्फ्लुएन्सर मार्केटिङ २१.१ बिलियन अमेरिकी डलर (करिब २८ खर्ब)को व्यवसाय बनिसकेको छ।

ब्राण्डहरुले इन्फ्लुएन्सको छनोट गर्न हेर्ने पहिलो कुरा नै फलोअर्स हुन्। जति धेरै फलोअर्स त्यति ठूलो ब्राण्ड भ्यालु।

सम्बन्धित समाचार: सर्वाधिक कमाउने १० खेलाडीमध्ये आधा फुटबलर, कति छ रोनाल्डोको कमाइ ?

ठूलो बजेट हुँदा ठूला इन्फ्लुएन्सरको एउटै पोस्टबाट पनि ब्राण्डलाई ठूलो फाइदा हुने पक्का जस्तो छ अहिले। यस्तोमा धेरै फलोअर्स भएका खेलाडीदेखि कलाकारले हाल आफ्नो पोस्टमा कुनै ब्राण्डको प्रोमोट गरेबापत ठूलो रकम प्राप्त गर्छन्।

प्रति पोस्ट कति कमाउँछन् सेलिब्रेटीले?

इन्फ्लुएन्सर मार्केटिङ हबले इन्स्टाग्रामलाई आधार बनाएर प्रति पोस्ट धेरै पैसा कमाउने १० सेलिब्रेटीको सूची बनाएको छ।यसका आधारमा प्रति पोस्ट धेरै पैसा कमाउने सूचीको शीर्ष दुईमा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी छन्।

साउदी प्रो-लिगमा अल नासरबाट खेल्ने पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले प्रति इन्स्टाग्राम पोस्ट ३२ लाख ३४ हजार अमेरिकी डलर (४२ करोड ९५ लाख नेपाली रुपैयाँ) कमाउने हबले उल्लेख गरेको छ। अन्य इन्स्टाग्राम सेलिब्रेटीले ब्राण्डको नाममात्रै उल्लेख गर्ने गरेकोमा उनी क्याप्सन मात्र होइन स्पष्ट ब्राण्डकै प्रोमोट गर्न हिच्किचाउँदैनन्।

उनले नाइक, हर्बल लाइफ, क्लियर हेयरकेयर, वुपजस्ता ब्याण्डहरुको इन्डोर्समेन्ट गरेका छन्।

View this post on Instagram

A post shared by Cristiano Ronaldo (@cristiano)

त्यस्तै, अमेरिकामा लिग खेल्ने लियोनल मेस्सीले प्रति पोस्ट २५ लाख ९७ हजार अमेरिकी डलर (३४ करोड ५० लाख रुपैयाँ) प्राप्त गर्ने हबले उल्लेख गरेको छ।

उनीसँग एडिडास, एप्पल, कोनामी जस्ता ब्राण्डको इन्डोर्समेन्ट छ। स्पोर्टस र फिटनेससँग मात्र सम्बन्धित नरहेर उनले अन्य ब्राण्डहरुको पनि प्रोमोसन गर्ने गरेका छन्।

View this post on Instagram

A post shared by Leo Messi (@leomessi)

यो सूचीको तेस्रो नम्बरमा छिन अमेरिकी गायिका तथा कलाकार सेलेना गोमेज।

विश्वभर ठूलो फ्यान फलोइंग भएकी उनले इन्स्टाग्राममा प्रति पोस्ट २५ लाख ५८ हजार अमेरिकी डलर (३३ करोड ९८ लाख रुपैयाँ) कमाउने हबको दाबी छ।

उनले आफ्ना पोस्टमा फेसन, जीवनशैली र ब्युटी ब्राण्डहरुको प्रमोसन गरिरहेको देख्न सकिन्छ।

View this post on Instagram

A post shared by Selena Gomez (@selenagomez)

यो सूचीको चौथो र पाँचौं स्थानमा छन् केल जेनर र ड्वायेन जोनसन। अमेरिकी मिडिया पर्सनालिटी तथा व्यवसायी जेनरले प्रति पोस्ट २३ लाख ८६ हजार अमेरिकी डलर (३१ करोड ७० लाख रुपैयाँ) कमाउँछिन्। उनी आफै ब्युटी ब्राण्ड केल कस्टेटिककी फाउन्डरसमेत हुन्। उनले प्राय आफ्नो पोस्टमा लक्जरी फेसन र ब्युटी ब्राण्डलाई प्रमोट गरिरहेकी हुन्छिन्।

‘द रक’ नामले चिनिने अमेरिकी रेस्लर तथा कलाकार जोनसन जेनरको नजिकै छन्। उनले करिअरको सुरुवातमा डब्लुडब्लुईमा रेस्लिङबाट लोकप्रियता कमाएका थिए। हलिउडमा एक्सन चलचित्रमा देखिने उनले इन्स्टाग्राममा प्रति पोस्ट २३ लाख २६ हजार अमेरिकी डलर (३० करोड ९० लाख रुपैयाँ) कमाउँछन्। उनले यो पोस्टमा पानीको ब्राण्डको विज्ञापन गरिरहेका छन्।

View this post on Instagram

A post shared by Dwayne Johnson (@therock)

यो सूचीको छैटौं नम्बरमा ३५४ मिलियन फलोअर भएकी गायिका एरिआना ग्राण्डी छन्। उनले खासगरी ब्युटी ब्राण्डको प्रमोट गर्ने गर्छिन्। सातौं नम्बरमा अमेरिकी व्यवसायी, मिडिया पर्सनालिटी तथा गायिका किम कार्डसिअन छिन्। टीभी सोबाट लाइमलाइटमा आएकी उनको आफ्नै कस्मेटिक ब्राण्ड केकेडब्लु ब्युटी छ।

सोही क्षेत्रका बियोन्स नोलेस आठौं, क्लोइ काडासिउन नवौँ नम्बरमा छन्। बियोन्स पहिला चर्चित ब्याण्ड ‘डेस्टिनीज चाइल्ड’को सदस्य थिइन्। उनी हालको चर्चित गायिका मध्ये एक हुन्। नेटफ्लिक्सले उनको जीवनी बारेमा डकुमेन्ट्री बनाएको थियो। उनी चर्चित ब्राण्ड एडिडाससँग जोडिएकी छिन्।

View this post on Instagram

A post shared by Kim Kardashian (@kimkardashian)

त्यस्तै नवौं नम्बरकी काडासिउनको आफ्नै ब्राण्ड गुड अमेरिकन छ। उनी काइलको ब्युटी ब्राण्डसँग पनि जोडिएकी छिन्। यो पोस्टमा उनी जेनवाटर अल्काइन वाटको प्रोमोट गरिरहेकी छन्।

यो सूचीको दसौं नम्बरमा क्यानेडियन गायक जस्टिन बिबर छन्। विश्वभर ठूलो फ्यानबेस भएका उनले इन्स्टाग्राममा विभिन्न ब्राण्डहरुको प्रमोसन गर्दै आएका छन्।

यो सूचीको ११ औँ स्थानमा केन्डल जेनर, १२ औँ स्थानमा टेलर स्विफ्ट,  १३ औँ स्थानमा जेनिफर लोफेज र १४ औँ स्थानमा भारतीय क्रिकेटर विराट कोहली छन्। कोहलीले ब्राण्ड प्रमोसनका लागि गरेको एक पोस्टमा १३ लाख ८४ हजार अमेरिकी डलर (१८ करोड ३८ लाख रुपैयाँ) प्राप्त गर्छन्।

View this post on Instagram

A post shared by Virat Kohli (@virat.kohli)

ब्राण्डहरु किन खर्चिँदैछन् ठूलो रकम?

‘हाइ-पेड’ इन्स्टग्राम स्टारसँगको सहकार्यले आफ्नो उत्पादनको विश्वसनियता र ‘इङ्गेजमेन्ट’ बढाउन ब्राण्डहरुलाई सहयोग पुग्छ।

यसको पछाडी मुख्यगरि पाँच वटा कारण हुने बताइएको छ। जसमा धेरै फलोअर्स र रिच, विश्वसनीयता बढाउने सूत्र, राम्रो इन्गेजमेन्ट, क्रिएटिभ र उच्चस्तरीय कन्टेन्ट र लक्षित क्षेत्रमा पहुँचलाई लिइएको छ।

दर्शकको ठूलो संख्या र रिच

इन्स्टाग्राममा ठूला इन्फ्लुएन्सरसँग ठूलो फ्यान फलोइङ हुने गर्छ। यसले गर्दा उनीहरुको एउटै पोस्टबाट ब्राण्ड करोडौं मानिसहरुसम्म सजिलै पुग्न सक्छ। उदाहरणका लागि रोनाल्डोको फलोअर्स ६३५ मिलियन छन् र मेस्सीको ५०४ मिलियन छन्।

यदी कुनै ब्राण्डले उनीहरुसँग सहकार्य गर्ने हो भने आफ्नो उत्पादनलाई त्यो संख्याको मानिसहरुसम्म सजिलै पुर्‍याउन सक्छन्। अझ नयाँ प्रडक्टको लन्च गर्दा यो निकै महत्वपूर्ण बन्न सक्छ।

विश्वसनियता बढाउने सूत्र

टप स्टारहरुले आफ्नो लोयल फ्यान फलोइङ बनाउन वर्षौं खर्चिएका हुन्छन्। उनीहरुको सिफारिसलाई ती फलोअर्सहरुले विश्वास गर्ने सम्भावना राम्रो रहन्छ।

उनीहरुले इन्डोर्स गरेको प्रडक्ट फलोअर्सले प्रतिस्पर्धी ब्राण्डको तुलनामा प्रयोग गर्ने सम्भावना बढी रहन्छ।

उच्च इन्गेजमेन्ट दर

ठूलो फलोअर्स भएका स्टारहरूको पोस्टमा प्रायः उच्च इन्गेजमेन्ट दर हुन्छ। उनीहरूले पोस्ट गरेको सामग्रीले लाखौं लाइक, कमेन्ट र सेयरहरू प्राप्त गर्छन्। यस स्तरको इन्गेजमेन्टन्टले उपभोक्ताहरूबीच सामुदायिक भावना पनि विकास गर्छ।

लक्षित क्षेत्रमा पहुँच

धेरै स्टारहरू निश्चित क्षेत्रमा विशेषज्ञता राख्छन्, जस्तै फेसन, फिटनेस, व्यावसायिक खेल, अभिनय, वा संगीत। आफ्नो क्षेत्रसँग मेल खाने स्टारसँग साझेदारी गरेर ब्राण्डहरूले अत्यधिक लक्षित दर्शकहरूमा पुग्न सक्छन्। जस्तैकी खेलकुदसँग सम्बन्धित ब्राण्डले खेलकुद स्टारसँग साझेदारी गरे ती स्टारलाई फलो गर्ने मानिसहरुले उक्त ब्राण्डको प्रयोग गर्ने सम्भावना बलियो रहन्छ।

क्रिएटिभ र उच्चस्तरीय कन्टेन्ट

स्टारहरू अहिले कन्टेन्ट क्रिएसनमा विशेषज्ञ भइसकेका छन्। उनीहरूले आफ्नै ब्राण्डसँग मेल खाने गरि दर्शकहरूलाई आकर्षित गर्न मनमोहक र उच्च-स्तरीय सामग्री उत्पादन गर्छन्। ब्राण्डहरूले यस विशेषज्ञताबाट फाइदा उठाउँछन्, जसले उनीहरूको छविलाई सुधार गर्दछ र सम्भावित ग्राहकहरूलाई आकर्षित गर्दछ।

उदाहरणका लागि, द रक आफ्ना ब्राण्डहरूको प्रचार गर्दा पनि रचनात्मक बन्न मन पराउँछन्। उनको जोआको लागि बनाएको यो भिडियो मात्र हेर्नुहोस्।

View this post on Instagram

A post shared by Dwayne Johnson (@therock)