BIZMANDU
www.bizmandu.com

हाइड्रोजन फ्युल सेलबाट चल्ने पेडलसहिको स्कुटर भारतमा लन्च, ५५ किलोमिटर माइलेज

२०८१ साउन २०

हाइड्रोजन फ्युल सेलबाट चल्ने पेडलसहिको स्कुटर भारतमा लन्च, ५५ किलोमिटर माइलेज
हाइड्रोजन फ्युल सेलबाट चल्ने पेडलसहिको स्कुटर भारतमा लन्च, ५५ किलोमिटर माइलेज

काठमाडौं। हाइड्रोजन फ्युल सेलबाट चल्ने स्कुटर भारतमा सार्वजनिक भएको छ। वार्डविजार्ड इनोभेसन एण्ड मोबिलिटी लिमिटेडले हाइड्रोजन फ्युल सेलमा चल्न सक्ने स्कुटर भारतीय बजारमा ल्याएको हो।

Tata
GBIME

कम्पनीले यसलाई भारत मोबिलिटी ग्लोबल एक्सपो २०२४ मा ‘कन्सेप्ट मोडेल’को रूपमा प्रदर्शनीमा राखेको थियो।

हाल हाइड्रोजन इन्धन सेलको अवधारणा अनुसन्धान र विकास चरणमा छ। यसलाई पूर्ण रूपमा विकसित गरिसकेपछि यो प्रविधिलाई युटिलिटी भेहिकललगायत विभिन्न सेगमेन्टमा ल्याइने तयारी गरिँदैछ।

कम्पनीले ल्याएको हाइड्रोजन पावरयुक्त सो स्कुटरको माइलेज ५५ किलोमिटर रहेको छ। यस स्कुटरमा ‘पेडल’ पनि राखिएको छ जसलाई आपतकालीन अवस्थामा प्रयोग गर्न सकिनेछ।

कम्पनीले स्कुटरको मूल्य भने खुलाएको छैन।

भारत मोबिलिटी ग्लोबल एक्सपो २०२४ मा जोय ई-बाइकको हाई स्पीड इलेक्ट्रिक स्कुटर लन्च गरिएको थियो। साथै, इभी कम्पोनेन्ट्सको इन-हाउस निर्माण सहितको इभी एन्सिलरी क्लस्टर मोडेल प्रदर्शन गरिएको थियो। योसँगै कम्पनीले ‘जोय ई–रेक’ नामबाट नयाँ अवधारणासहितको नयाँ विद्युतीय तीनपाङ्ग्रे सवारीसाधन पनि ल्याएको छ।