BIZMANDU
www.bizmandu.com

आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको भाउः कुनमा कति घट्यो मूल्य?

२०८१ साउन १६

आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको भाउः कुनमा कति घट्यो मूल्य?
आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको भाउः कुनमा कति घट्यो मूल्य?

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरसनबाट मूल्य घटेर आएको भन्दै निगमले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ।

Tata
GBIME

यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाइएको छ।

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १६७ रुपैयाँ ५० पैसा, दोस्रोमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँमा कारोबार हुने छ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसामा कारोबार हुने छ। यस्तै दोस्रो र तेस्रो वर्गमा क्रमशः १५७ र १५८ रुपैयाँमा कारोबार हुने छ।