BIZMANDU
www.bizmandu.com

गएरातिको वर्षाका कारण हनुमन्ते खोलामा बाढी, डुबानमा भक्तपुरका विभिन्न क्षेत्र

२०८१ साउन १६

गएरातिको वर्षाका कारण हनुमन्ते खोलामा बाढी, डुबानमा भक्तपुरका विभिन्न क्षेत्र
गएरातिको वर्षाका कारण हनुमन्ते खोलामा बाढी, डुबानमा भक्तपुरका विभिन्न क्षेत्र


काठमाडौं। गएराति परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्‍न स्थान डुबानमा परेका छन्। उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते लगायत खोलामा जलसतह बढेको छ।

Tata
GBIME
NLIC

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका विभिन्न डुबानमा परेका छन्। मनोहरा फाँट, गोदावरी खोला किनार, महेश्वरी, राधेराधेका केही क्षेत्र र हनुमानघाट लगायतका बस्तीमा पानी पसेको छ।

सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ। वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ।