BIZMANDU
www.bizmandu.com

मनोहरा खोलामा बाढी आउँदा करिडोर क्षेत्र डुबानमा, ‘साढे ३ बजेदेखि नै घरभित्र पानी छिर्‍यो’

२०८१ साउन १६

मनोहरा खोलामा बाढी आउँदा करिडोर क्षेत्र डुबानमा, ‘साढे ३ बजेदेखि नै घरभित्र पानी छिर्‍यो’
मनोहरा खोलामा बाढी आउँदा करिडोर क्षेत्र डुबानमा, ‘साढे ३ बजेदेखि नै घरभित्र पानी छिर्‍यो’


काठमाडौं। मनोहरा खोलामा बाढी आउँदा मनोहरा करिडोर डुबानमा परेका छन्।

Tata
GBIME
NLIC

मनोहरा खोलाको बाढीले नरेफाँट, महालक्ष्मी-५ टीकाथली लगायतको करिडोर क्षेत्र डुबानमा परेका हुन्। त्यसक्षेत्रका घरहरूमा पानी पसेको छ।

बिहान साढे ३ बजेदेखि नै घरभित्र पानी छिर्न थालेको त्यसक्षेत्रका वासिन्दाले बताएका छन्। केही स्थानीयले रातिनै घरका सामान सुरक्षित स्थानमा सारेका छन् भने केहीको सरसामानहरू पानीमा डुबेको छ।

गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते लगायत खोलामा जलसतह बढेको छ।

सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ। वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ।