काठमाडौं। सरकारले एकैपटक २१ सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिव सरुवा गरेको हो।
मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेले पाएका छन्। अर्थका मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घनश्याम उपाध्यायलाई पठाइएको छ। अख्तियारका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै राजस्व सचिवमा दिनेश घिमिरेलाई जिम्मेवारी दिइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मुकुन्द निरौलालाई पठाइएको छ। डिल्लीराम शर्मालाई लोक सेवा आयोगमा सरुवा गरिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ। सञ्चारमा राधिका अर्याललाई ल्याइएको छ।
रक्षा मन्त्रालयका किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरत सुवेदीलाई सरुवा गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशवकुमार शर्मा र ऊर्जा मन्त्रालयको जिम्मेवारी गोपाल सिग्देललाई दिइएको छ।
मन्त्रिपरिषदले नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ। राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
मधुसूदन बुर्लाकोटीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ। नेपाल ट्रष्टमा रामआधार साहलाई पठाइएको छ। खानेपानी मन्त्रालयमा प्रमिलादेवी बज्राचार्यलाई पठाइएको छ।
जल तथा ऊर्जा आयोगमा सुरेश आचार्य र राष्ट्रिय तथ्याङ्क कार्यालयमा गोकर्णमणि दुवाडीलाई सरुवा गरिएको छ। अर्जुनप्रसाद पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ।