BIZMANDU
www.bizmandu.com

साउन १५ देखि ‘टेक एक्स २०२४’ हुने, प्रदर्शनीमा एआई, रोबोटिक्स र साइबर सेक्युरिटी परियोजना

२०८१ साउन ११

साउन १५ देखि ‘टेक एक्स २०२४’ हुने, प्रदर्शनीमा एआई, रोबोटिक्स र साइबर सेक्युरिटी परियोजना
साउन १५ देखि ‘टेक एक्स २०२४’ हुने, प्रदर्शनीमा एआई, रोबोटिक्स र साइबर सेक्युरिटी परियोजना

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ आयोजना हुने भएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौँको सफ्टवेरिका कलेज अफ आइटी एन्ड इकमर्सको आयोजनामा  कलेज प्रांगणमा हुने प्रदर्शनी यही साउन १५ गतेदेखि २० गतेसम्म ६ दिन संचालन हुनेछ।

प्रदर्शनीमा रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्ट लक्षित गरि निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि प्रदर्शन गरिनेछ। पासवर्ड क्रयाकिङ विश्लेषण गर्ने रोबर्ट पनि प्रदर्शनीमा राखिनेछ।

प्रदर्शनीमा एआई रोबटिक टिचर, बैंकिङ रोबट, टुर गाइड रोबट, रोबट फूटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, वोबोट वारलगायतका ३० भन्दा बढी रचनात्मक परियोजनाहरु रहनेछन्।

प्रदर्शनीमा ‘रोबोट वारियर्स लिग, २०२४’ सुरुआत समेत गरिनेछ। उक्त लिगमा ४० भन्दा बढी रोबर्टहरुले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै रोबो वार ब्याटलमा सहभागी हुनेछन्। सो लिग ६ महिनासम्म चल्नेछ।

कार्यक्रमको मुख्य उद्देश्य भनेको पछिल्लो समय आइटीको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिनु रहेको आयोजकले बताएका छन्। विद्यार्थीहरुले आइटी अध्ययनपश्चात् जीवन उपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिने कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए।