BIZMANDU
www.bizmandu.com

आफूले लाइसेन्स जारी गरेका संस्थामा एआई प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्र बैंक, जोखिम न्यूनीकरण गर्ने

२०८१ साउन ११

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोगलाई बढाउँदै लग्ने भएको छ।

Tata
GBIME

शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लाइसेन्स जारी गरेका संस्थाहरुमा प्रयोग हुने एआईमा आवश्यक अध्ययन गर्दै सृजना हुन सक्ने जोखिम पहिचान गर्दै त्यसलाई न्यूनीकरण गर्ने बताए।

उनले एआईलाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गर्ने जानकारी दिए।