BIZMANDU
www.bizmandu.com

दुर्घटनामा निधन भएकाको शव कुर्दै आफन्त, शिक्षण अस्पताल बन्यो शोकाकुल


दुर्घटनामा निधन भएकाको शव कुर्दै आफन्त, शिक्षण अस्पताल बन्यो शोकाकुल
दुर्घटनामा निधन भएकाको शव कुर्दै आफन्त, शिक्षण अस्पताल बन्यो शोकाकुल


काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

Tata
GBIME
NLIC

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा क्याप्टेन बाहेक सवार सबैको मृत्यु भएको हो। उनीहरु सबैको शव अस्पतालमा पुर्‍याइएको छ।

अस्पतालमा पोस्टमार्टमपछि मात्रै शव आफन्तलाई बुझाइनेछ।

अहिले अस्पताल परिसरमा दुर्घटनामा मृत्यु भएकाहरुको परिवारका सदस्यहरु पुगेका छन्। अस्पताल परिसर नै शोकाकुल बनेको छ।