BIZMANDU
www.bizmandu.com

सेना र प्रहरीको खातामा नगद मौज्दात बढ्दो, कसको कल्याणकारी कोषमा कति रकम?

२०८१ साउन ८

सेना र प्रहरीको खातामा नगद मौज्दात बढ्दो, कसको कल्याणकारी कोषमा कति रकम?
EMERGENCY EXERCISES Nepal army Firefighters and Nepal police, Apf, and health workers participate in an emergency exercise drill at The Tribhuvan International Airport in Kathmandu Nepal on Monday, 10 June 2024. Civil Aviation Authority of Nepal (CAAN) and Tribhuvan International Airport have organized a simulation drill to equip and train emergency workers in case of a fire or other emergencies.

काठमाडौं । नेपाली सेना र प्रहरीको खातामा नगद मौज्दात बढ्दो क्रममा रहेको छ। कल्याणकारी कोष अन्तर्गत विभिन्न बैंकहरूका खातामा रहेको मौज्दात प्रत्येक वर्ष थपिँदै गएको हो।

Tata
GBIME
Nepal Life

नेपाली सेनाको नगद मौज्दात २०८०/८१ मा ४ अर्ब ८५ करोड २७ लाख रुपैयाँले वृद्धि भएको हो। योसँगै नेपाली सेनाको कोषमा ७५ अर्ब ९० करोड रुपैयाँ नगद मौज्दात भएको छ।

कोष अन्तर्गतका विभिन्न निकायहरूमा २०८१ आसारसम्म गरिएको लगानी ६ अर्ब ९७ करोड ८६ लाख  रुपैयाँ (लेखा परीक्षण अगावै) लाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख पुग्न गएको नेपाली सेनाका प्रवक्ता उपरथी गौरव केसीले जानकारी दिए।

सेनाको कल्याणकारी कोषको अवस्था

२०७१/७२ मा नेपाली सेनाको कल्याणकारी  कोषको नगद मौज्दात ३० अर्ब ३५ करोड रुपैयाँ थियो। संयुक्त राष्ट्र संघमा नेपाली सेनाले भाग लिएर बापत आउने रकम नै कल्याणकारी कोषको मुख्य आय स्रोत हो। त्यस्तै, मुख्य स्रोतमा बैंक तथा वित्तीय संस्थामा भएको निक्षेपको ब्याज र विद्यालयहरूको शुल्क रहेको छ। सेनाको केही निक्षेप रकम अझै जोखिममा रहेका छ। ८५ करोड रुपैयाँ जोखिममा रहेको मध्ये हाल ५ करोड २ लाख ६७ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ।

सेनाले युनाइटेड विकास बैंकबाट १ करोड ५६ लाख ९८ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको छ। त्यस्तै, नेपाल सेयर मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडबाट साँवा र ब्याज गरेर २ करोड ९७ लाख ६२ हजार रुपैयाँ उठान रहेको छ। सम्झना फाइनान्स लिमिटेडबाट १ करोड ६६ लाख र हिलायन फाइनान्स लिमिटेडबाट १८ लाख ९० हजार रुपैयाँ उठाउन बाँकी रहेको छ।

यता, नेपाल प्रहरीको पनि कल्याणकारी कोषमा नगद मौज्दात ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७९/८० मा प्रहरीको कोषमा ४ अर्ब २१ करोड रुपैयाँ मात्र थियो। त्यसो त प्रहरीको पनि प्रत्येक वर्ष कल्याणकारी कोषमा रकम मौज्दात बढ्दै गएको छ। २०७१/७२ मा प्रहरीको नगद मौज्दात १ अर्ब ९८ करोड रुपैयाँ मात्र रहेको थियो।

गएको आर्थिक वर्षमा प्रहरीले ५१ करोड ३८ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेकोमा कल्याणकारी कोषबाट २३ करोड १५ लाख ८५ हजार रुपैयाँ खर्च भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए।

प्रहरीले गएको आर्थिक वर्षमा घर बहाल र व्याजमा मात्र ३ करोड ९० लाख रुपैयाँ सरकारलाई बुझाएको छ।