BIZMANDU
www.bizmandu.com

एक वर्षमा १८ लाख ३९ हजार थान स्मार्टफोन आयात, मूल्य २८ अर्ब ६६ करोड

२०८१ साउन ७

एक वर्षमा १८ लाख ३९ हजार थान स्मार्टफोन आयात, मूल्य २८ अर्ब ६६ करोड
एक वर्षमा १८ लाख ३९ हजार थान स्मार्टफोन आयात, मूल्य २८ अर्ब ६६ करोड

काठमाडौं। गत आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वर्ष २०७९/८० को तुलनामा ४ अर्ब २६ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ।

Tata
GBIME

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष २८ अर्ब ६६ करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ। आव २०७९/८० मा २४ अर्ब ३९ करोड रुपैयाँको फोन आयात भएको थियो।

२०७९/८० मा १५ लाख ६९ हजार थान स्मार्टफोन भित्रिएकामा गत वर्ष १८ लाख ३९ हजार थान आयात भएको विभागले जनाएको छ।

विभागका अनुसार असारमा २ अर्ब ३३ करोड रुपैयाँ बराबरको १ लाख २८ हजार ९०० थान स्मार्टफोन आयात भएको छ।

स्मार्टफोन आयातबाट सरकारले उठाउने राजस्व पनि वृद्धि भएको छ। २०७९/८० मा ४ अर्ब ५५ करोड रुपैयाँ भन्सार संकलन गरेको सरकारले गत वर्ष ५ अर्ब ३३ करोड रुपैयाँ उठाएको छ।

आर्थिक वर्ष २०७८/७९ मा करिब ४१ अर्ब रुपैयाँ बराबरको ५७ लाख ६३ हजार थान स्मार्टफोन आयात भएको थियो। जसबाट सरकारले ६ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठाएको थियो।