BIZMANDU
www.bizmandu.com

डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा आज निकास निस्कन्छ : ऊर्जामन्त्री खड्का

२०८१ साउन ७

डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा आज निकास निस्कन्छ : ऊर्जामन्त्री खड्का
डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा आज निकास निस्कन्छ : ऊर्जामन्त्री खड्का


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा सरकारले आज निकास निकाल्ने बताएका छन्।

Vigo
GBIME
Tata

प्रतिनिधि सभाको बैठकबाट निस्कने क्रममा उनले यस विषयमा सरकारले आज निर्णय लिने बताएक हुन्। ‘व्यवसायीले तिर्नुपर्ने बक्यौता तिर्नुपर्‍यो। बक्यौता तिरेका छैनन् भनेर प्राधिकरण पनि लाइन काटेर बस्नु भएन। आज बेलुकासम्म निकास आउँछ,’ खड्काले भने।

प्रधानमन्त्री ओलीले संसद् बैठकमा प्रश्नोत्तरका क्रममा व्यवसायीले बिजुली प्रयोग गरेको रकम तिर्नुपर्ने र प्रयोग नगरेको रकम तिर्न बाध्य बनाउन नहुने बताएका थिए। अहिले केहीबेरमा मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठकमा महसुल विवादबारे छलफल हुने मन्त्री खड्काले बताए।

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा लाइन काटिएका ६ उद्योगमा विद्युत् उपलब्ध गराउन प्रधानमन्त्री ओलीले साउन ४ गते विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएकामा प्राधिकरणले अहिलेसम्म मानेको छैन।