BIZMANDU
www.bizmandu.com

छिमेक छाडेर चोलाराज शर्मा एनआइसी एसिया लघुवित्तमा, सीइओ नियुक्त

२०८१ साउन ६

छिमेक छाडेर चोलाराज शर्मा एनआइसी एसिया लघुवित्तमा, सीइओ नियुक्त
छिमेक छाडेर चोलाराज शर्मा एनआइसी एसिया लघुवित्तमा, सीइओ नियुक्त


काठमाडौं। एनआइसी एसिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा चोलराज शर्मा नियुक्त भएका छन्। संचालक समितिको बैठकले आगामी चार वर्षका लागि उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

लघुवित्तको संस्थापक कम्पनी एनआईसी एसिया बैंकले तत्कालिन सीइओ लक्ष्मण चालिसेलाई आइतबारदेखि लागू हुनेगरी फिर्ता बोलाएसँगै शर्माले जिम्मेवारी पाएका हुन्।

शर्मालाई सोमबारदेखि लागू हुनेगरी जिम्मेवारी दिइएकाे छ। उनले यसअघि छिमेक लघुवित्तकाे नेतृत्व गरिसकेका छन्।