BIZMANDU
www.bizmandu.com

एनसीएचएल र आइएमएसबीच बिलिङ सफ्टवेयरमा नेपालपे क्यूआर इन्टिग्रेट गर्ने सम्झौता

२०८१ साउन ५

एनसीएचएल र आइएमएसबीच बिलिङ सफ्टवेयरमा नेपालपे क्यूआर इन्टिग्रेट गर्ने सम्झौता
एनसीएचएल र आइएमएसबीच बिलिङ सफ्टवेयरमा नेपालपे क्यूआर इन्टिग्रेट गर्ने सम्झौता

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र आइएमएस सफ्टवेयर प्रालिबीच बिलिङ सफ्टवेयरमा डाइनामिक नेपालपे क्यूआर इन्टिग्रेट गर्ने सम्झौता भएको छ।

Tata
GBIME

उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन्।

साझेदारीपश्चात् आइएमएसका ग्राहकहरूले आफ्नो बिलिङ सफ्टवेयरमा नेपालपे क्यूआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्नेछन्। यस सेवाको सुरुवात सँगै आइएमएसका बिलिङ सफ्टवेयर प्रयोग गरी मर्चेन्टहरूलाई नेपालपे क्यूआर मार्फत् सहज रुपमा भुक्तानी प्राप्त गर्ने सुविधा उपलब्ध भएको छ।

साथै, भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सक्नेछन्।

आइएमएसले आफ्ना ग्राहकहरूका लागि बिलिङ सफ्टवेयरका साथै सेल्स पीओएस सिस्टम पनि प्रदान गर्दै आएको छ। आइएमएसले विभिन्‍न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल, भारत, मलेसिया र जापान लगायतका देशहरूमा २० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

नेपालपे क्यूआर नेसनल पेमेन्ट स्वीचअन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल-क्यूआर स्ट्याण्डर्डको पूर्वाधार हो। मर्चेन्ट र व्यवसायीहरूले नेपालपे क्यूआरमा आबद्ध भई ग्राहकहरूबाट क्यूआरमार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन्।