BIZMANDU
www.bizmandu.com

न्यूरोडमा जलाइयो बालेनको पुतला, ‘महानगरले कुरा सुनेन, डोजर नहटेसम्म हट्दैनौं’

२०८१ साउन ४

न्यूरोडमा जलाइयो बालेनको पुतला, ‘महानगरले कुरा सुनेन, डोजर नहटेसम्म हट्दैनौं’
न्यूरोडमा जलाइयो बालेनको पुतला, ‘महानगरले कुरा सुनेन, डोजर नहटेसम्म हट्दैनौं’


काठमाडौं । न्यूरोडलाई भेहिकल फ्रि जोन बनाउने र सडक फुटपाथ विस्तार गर्नेबारेमा स्थानीयले महानगरले समन्वय नगरेको आरोप लगाएका छन्। उनीहरुले आज महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को पुतला दहनसमेत गरेका छन्।

Tata
GBIME
NLIC

महानगरले उच्च अदालतको आदेशपछि जुद्धशालिकदेखि इन्द्रचोकसम्म सडक काटिसकेको छ भने फुटपाथ विस्तार गर्न निर्माण कार्य पनि सुरु गरिसकेको छ। महानगरको टोलीले आज अन्य क्षेत्रमा पनि सडक कटान गर्न सुरु गर्ने भएपछि स्थानीय र व्यवसायीले विरोध जनाएका छन्।

उनीहरुले महानगरले कुनै जानकारी र समन्वय बिना नै फुटपाथ विस्तार र गाडी निषेधित क्षेत्र बनाउन लागेको भन्दै असन्तुष्टी पोखेका हुन्।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारका लागि बाटो खोलेपछि काठमाडौं महानगरले सडक काट्न सुरु गरेको विरोधमा आज बिहानदेखि केही स्थानीयले अवरोध गरिरहेका हुन्। वडा १८ का अध्यक्ष न्हुच्छे काजी महर्जन र वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनसहित केही स्थानीयले बिहानैदेखि सडकमा बसेर धर्ना दिएका थिए। त्यसक्रममा महानगर प्रहरी र स्थानीयबीच भनाभनसमेत भएको थियो।

झडप हुने अवस्था सिर्जना हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

आज दिउँसो स्थानीयले महानगरले ल्याएको डोजर पनि नियन्त्रणमा लिएका थिए। महानगर मेयर बालेन्द्र शाहलाई संवादका लागि पटकपटक भने पनि उनले आग्रह स्वीकार नगरेको भन्दै उनीहरुले डोजर नहटेसम्म आफूहरु पनि हट्ने भन्दै जाग्राम बस्ने बताएका छन्।

स्थानीयले भूगोल पार्क पछाडि टेन्ट टाँगेका छन् भने त्यहाँ रातभर बस्ने बताएका छन्।