BIZMANDU
www.bizmandu.com

न्यूरोडमा फुटपाथ विस्तार : वडाअध्यक्ष नै डोजरमा चढे, एकजना प्रहरी नियन्त्रणमा

२०८१ साउन ४

न्यूरोडमा फुटपाथ विस्तार : वडाअध्यक्ष नै डोजरमा चढे, एकजना प्रहरी नियन्त्रणमा
न्यूरोडमा फुटपाथ विस्तार : वडाअध्यक्ष नै डोजरमा चढे, एकजना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तार गरिरहेको विरोधमा प्रदर्शन भइरहेको छ। केही स्थानीय र जनप्रतिनिधिले बिहानैदेखि फुटपाथ विस्तारमा अवरोध गर्दै न्यूरोडको अवस्था बिहानदेखि सामान्य छैन।

Tata
GBIME
Zonsen

उनीहरुले डोजरलाई रोकेर प्रदर्शन गरेका हुन्। त्यसक्रममा जनप्रतिनिधि नै डोजरमाथि चढेका थिए।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारका लागि बाटो खोलेपछि काठमाडौं महानगरले सडक काट्न सुरु गरेको विरोधमा आज बिहानदेखि केही स्थानीयले अवरोध गरिरहेका हुन्।

वडा १८ का अध्यक्ष न्हुच्छे काजी महर्जन र वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनसहित केही स्थानीयले बिहानैदेखि सडकमा बसेर धर्ना दिइरहेका थिए। त्यसक्रममा महानगर प्रहरी र स्थानीयबीच भनाभनसमेत भएको थियो।

झडप हुने अवस्था सिर्जना हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

प्रहरीले एकजनालाई नियन्त्रणमा समेत लिएको छ। वडा अध्यक्ष महर्जनसहित केही स्थानीयले फुटपाथ विस्तार गर्न नहुने बताइरहेका छन्। उनीहरुले महानगरले समन्वय नगरेको बताइरहेका छन्। केही स्थानीयले भने फुटपाथ विस्तार हुनुपर्ने बताइरहेका छन्।

जुद्धशालिकदेखि इन्द्रचोक जाने सडकखण्डमा महानगरले फुटपाथ चौडा पार्ने तयारी गरेको हो। महानगरले यसअघि पनि त्यहाँ सडक काटेर फुटपाथ बढाउन खोजेको थियो। तर समन्वय नगरेको भन्दै सडक विभागले महानगरले काटेको सडक पुन: पुरेको थियो।

त्यसबेला पनि केही स्थानीयले विरोध जनाएका थिए। पछि अदालत पुगेको यो मुद्दामा उच्चले फैसला गरेपछि फेरि सडक काट्न सुरु गरिएको थियो।