BIZMANDU
www.bizmandu.com

यूएईबाट अवैध रुपमा आएको सुन हराएपछि ५० लाखमा खोज्ने ‘डिल’ गरेका प्रहरी नै पक्राउ

२०८१ साउन ४

यूएईबाट अवैध रुपमा आएको सुन हराएपछि ५० लाखमा खोज्ने ‘डिल’ गरेका प्रहरी नै पक्राउ
यूएईबाट अवैध रुपमा आएको सुन हराएपछि ५० लाखमा खोज्ने ‘डिल’ गरेका प्रहरी नै पक्राउ

काठमाडौं। तस्करी गरेर ल्याएको सुन हराएपछि खोजी गरिदिने भन्दै प्रहरी संगठनको नियमविपरीत रकम लिएर काम गर्ने प्रहरी वरिष्ठ हवलदारविरुद्ध ठगी मुद्दा चलाइएको छ।

Tata
GBIME
Zonsen

प्रहरीको अनुसन्धानपछि वरिष्ठ हवलदार सुन्दर नेपालीविरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरिएको हो।

२०८० फागुनमा संयुक्त अरब इमिरेट्सबाट आएको २ किलो सुन हराएपछि खोज्नका लागि ४० लाख रुपैयाँ डिल गरेको अनुसन्धानमा खुलेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत हवलदार नेपालीले नम्बर पत्ता लगाएर ह्‍वाट्सएपमार्फत यूएईमा बस्ने भारतीय नागरिकलाई सम्पर्क गरेका थिए।

सुन पत्ता लगाएमार्फत आफूलाई १० लाख र सुन फिर्ता दिनेलाई ४० लाख रुपैयाँ दिने सर्तमा सुन दिने सम्झौता गरेको अनुसन्धानमा देखिएको छ। १० लाख रुपैयाँमध्ये साढे २ लाख बैंक र ई-सेवा नम्बरमा हाल्न लगाएको खुलेको छ। बाँकी रकम भने विभिन्‍न माध्यमबाट नगदमा नै बुझेको अनुसन्धानमा देखिएको छ।

सुन दिने व्यक्तिलाई मागेको ४० लाख रुपैयाँ हुन्डी रकमबाट लिने तयारी थियो। तर प्रहरीलाई सुन र हुन्डीसँग जोडिएको सूचना आएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चाबहिलमा चलाएको अपरेसनमा प्रहरी हवलदार पक्राउ पर्न सफल भए।

अपरेसनमा पुगेको प्रहरीलाई सुरुमा उनले आफू पनि अपरेसनमा नै रहेको भन्दै झुक्याउन खोजेका थिए। तर उनलाई माथिल्लो निकायको कुनै पनि अपरेसनको जानकारी थिएन।

२०८० चैत १ गते प्रहरीले कल्पना मगरसहितलाई नियन्त्रणमा लिएर यसमा अनुसन्धान गरेको थियो। नेपालीको हकमा भने अनुसन्धान जारी राखेको हो। केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको हो।

सिन्धुपाल्चोकका केही व्यक्तिले सुन ल्याएर गायब पारेको सूचना पाएपछि घटनाक्रमहरू विकास हुँदै भएको प्रहरी हवलदार नेपालीले बयानमा खोलेका छन्। यसरी विदेशबाट अवैध तवरले आएका सुन गायब हुने गरेका घटना नौला भने होइन।

सबैभन्दा धेरै चर्चामा रहेको ३३ किलो सुन अझै फेला परेको छैन। जसमा एक जनाको तस्कर समूहले नै सुन गायब बनाएको भन्दै हत्या समेत गरेका थिए।