काठमाडौं। एसियन थाइ फुड्सले मास्टर सेफ सन्तोष साहसँगको सहकार्यमा टु पीएम चाउचाउ नयाँ स्वादमा बजारमा ल्याएको छ। कम्पनीले साहसँगको सहकार्यमा नूडल्सको भेज र चिकन मसला करी तयार पारेको हो।
‘सही छ’ भन्ने नारासहित ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले नुडल्सको स्वाद, गुणस्तर र प्याकेजिङ नै उत्कृष्ट जस्ता सबै पक्षहरूमा उत्कृष्ट रहेको जनाएको छ।
‘हामी मास्टर सेफ सन्तोष साहसँगको सहकार्यमा तयार पारिएका नयाँ टु पीएम चिकन मसला र भेज मसला करी नूडल्स बजारमा ल्याउन पाउँदा निकै उत्साहित छौं’, कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले भने। उनले उपभोक्तालाई अब टु पीएम चाउचाउलाई ‘आहा क्या मिठो’ भन्न बाध्य पार्ने दाबी गरे।
उनका अनुसार कम्पनीले आन्तरिक बजारका अलावा भारत, चीन, जापान, कोरिया लगायत विभिन्न २७ मुलुकमा चाउचाउ निर्यात गर्दै आएको छ
कम्पनी अब ‘क्यानमा स्न्याक्स’ र ‘कप नूडल्स’ जस्ता अझै प्रिमियम उत्पादन बजारमा ल्याउने तयारीमा छ।