BIZMANDU
www.bizmandu.com

इन्द्रचोकमा पोते उन्न भ्याइनभ्याइ, हरियो चुरा किन्नेको भीड पोहोरभन्दा बढी

२०८१ साउन ३

इन्द्रचोकमा पोते उन्न भ्याइनभ्याइ, हरियो चुरा किन्नेको भीड पोहोरभन्दा बढी
इन्द्रचोकमा पोते उन्न भ्याइनभ्याइ, हरियो चुरा किन्नेको भीड पोहोरभन्दा बढी

काठमाडौं । साउन महिना सुरु लागेसँगै बजारमा हरियो पहिरन र चुरापोते किन्न पुग्नेको संख्या बढ्दो छ। शिवको आराधना गरि यो महिनाभर महिलाहरु ब्रत बस्दै हरियो, रातो चुराका साथै मेहन्दी लगाउने गर्छन्।

Tata
GBIME

असन-इन्द्रचोकमका पसलहरु यतिखेर हरियो चुरापोते तथा हरियो पहिरनले भरिएका छन्।

पसलहरुमा पोते उन्ने क्रम पनि बढ्दो छ। दिउँसो र साँझ चुरापोतसँगै साडी, कुर्ता किन्न पुग्ने महिलाको संख्या अहिले यो क्षेत्रमा बढ्दो छ।

पोहोरभन्दा यसपटक सामाग्री किन्न ग्राहक आउने क्रम बढेको व्यापारी बताउँछन्। केही व्यापारीले ग्राहकको माग अनुसार विभिन्न डिजाइनमा पोते उन्न भ्याइनभ्याइ भएको पनि बताए।