BIZMANDU
www.bizmandu.com

सामसङको ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६ को प्रि-अर्डर खुल्यो, मूल्य कति ?

२०८१ साउन २

सामसङको ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६ को प्रि-अर्डर खुल्यो, मूल्य कति ?
सामसङको ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६ को प्रि-अर्डर खुल्यो, मूल्य कति ?

काठमाडौं। सामसङले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि-अर्डर खुला गरेको छ। काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा स्मार्टफोनहरु ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु भएको घोषणा गरिएको हो।  

Tata
GBIME

कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सिरिजको अनावरण गरेका थिए।

त्यस क्रममा सामसङ नेपालका निर्देशक स्थापितले फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको बताएका थिए।

‘फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउँछ,’ उनले भने।

नयाँ ग्यालेक्सी जेड सिरिजलाई डुअल रियल हिङ्ग संरचनाले बलियो फोल्डिङ एजबाट थप बलियो बनाएको कम्पनीले जनाएको छ। ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ मा स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म छ। अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपीयु, जीपीयु र एनपीयु कार्यसम्पादनको संयोजन यो मोबाइलमा रहेको कम्पनीको दाबी छ। दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ।

यी मोडलमा नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज लगायतका फिचर समावेश छन्। गुगलसँगको साझेदारीमा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रूपमा एकीकृत गरिएको कम्पनीले जनाएको छ। यसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–संचालित सहायक उपलब्ध गराउनेछ।

मोबाइलको मूल्य

डिभाइसरंगमूल्य (नेरूमा)
ग्यालेक्सी जेड फ्लिप६(१२+२५६ जीबी)सिल्भर श्याडो, ब्लु१,५४,९९९
ग्यालेक्सी जेडफोल्ड६ (१२+२५६ जीबी)सिल्भर श्याडो,न्यभी२,३४,९९९
ग्यालेक्सी जेडफोल्ड६ (१२+५१२जीबी)सिल्भर श्याडो,न्यभी२,४९,९९९
गिफ्ट/ मोडलजेड फ्लिप६ – २५६ जीबीजेड फोल्ड६ – २५६ जीबीजेड फोल्ड६ – ५१२ जीबी
कभरसिलिकन केस (रु ५,४९९)एस पेन केस (रु १२,२९९)एस पेन केस (रु १२,२९९)