BIZMANDU
www.bizmandu.com

अदालतको आदेशपछि न्यूरोडमा सुरु भयो फुटपाथ विस्तारको काम, महानगरले काट्यो सडक

२०८१ साउन २

अदालतको आदेशपछि न्यूरोडमा सुरु भयो फुटपाथ विस्तारको काम, महानगरले काट्यो सडक
अदालतको आदेशपछि न्यूरोडमा सुरु भयो फुटपाथ विस्तारको काम, महानगरले काट्यो सडक

काठमाडौं । न्यूरोड क्षेत्रमा सडक विस्तारको काम सुरु भएको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले आजदेखि काम सुरु गरेको हो।

Tata
GBIME

जुद्धशालिकदेखि इन्द्रचोक जाने सडकखण्डमा महानगरले फुटपाथ चौडा पार्ने तयारी गरेको हो।

महानगरले यसअघि पनि त्यहाँ सडक काटेर फुटपाथ बढाउन खोजेको थियो। तर, समन्वय नगरेको भन्दै सडक विभागले महानगरले काटेको सडक पुन: पुरेको थियो।

फुटपाथ विस्तारमा केही जनप्रतिनिधिले समेत असहमति राखेका थिए। अहिले अदालतको आदेश पछि भने महानगरले फेरि सडक काट्न थालेको हो।