BIZMANDU
www.bizmandu.com

अर्ब डलर ठगी मुद्दामा चिनियाँ व्यापारी गुओ अमेरिकामा दोषी ठहर, १९ नोभेम्बरमा सजाय तोकिने

२०८१ साउन २

अर्ब डलर ठगी मुद्दामा चिनियाँ व्यापारी गुओ अमेरिकामा दोषी ठहर, १९ नोभेम्बरमा सजाय तोकिने
Photo: Getty Images

स्वनिर्वासित चिनियाँ व्यापारी गुओ वेन्गुईलाई अमेरिकी अदालतले आफ्ना अनलाइन फलोअर्सलाई एक अर्ब डलर ठगी गरेको मुद्दामा दोषी ठहर गरेको छ। उनलाई अदालतले ठगी, जालसाजी र मनी लाउन्ड्रिङ लगायत १२ आपराधिक मुद्दामध्ये ९ मा दोषी ठहर गरेको हो

Tata
GBIME
Nepal Life

आगामी १९ नोभेम्बरमा गुओको सजाय तोकिने छ, जसमा उनले दशकौंको जेल सजाय पाउन सक्ने अनुमान गरिएकोछन्। उनी मार्च २०२३ मा पक्राउ परेयता जेलमा छन्।

उनी चिनियाँ कम्युनिस्ट पार्टीका आलोचक हुन्। उनी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनका प्रमुख रणनीतिकार स्टेफन ब्याननका सहयोगी थिए।

गुओलाई धेरै उपनामले चिनिन्छ, जसमध्ये माइल्स गुओ, माइल्स क्वोक र ‘ब्रदर सेभेन’ उनका केही उपनाम हुन्। २०२३ मा अभियोग लागेपछि उनलाई हो वान क्वोकको उपनाम दिइएको थियो।

अभियोजकहरूका अनुसार गुओले २०१८ र २०२३ को बीचमा लगानी तथा क्रिप्टोकरेन्सी योजनाहरूमा सामेल भएका अनलाइन फलोअरहरूबाट १ अर्ब डलरभन्दा बढी उठाएका थिए।

उनले उठाएको पैसाबाट विलासी जीवनशैली अपनाएको बताइएको छ। जसमा उनले ५० हजार वर्ग फुटको महल, १० लाख डलरको ल्याम्बोर्गिनी र ३ करोड ७० लाख डलरको याट किनेका थिए।

‘हजारौं अनलाइन फलोअरहरूलाई ठगेर गुओले विलासी जीवन बिताएका थिए,’ म्यानहट्टनका अधिवक्ता डेमियन विलियम्सले फैसला पछि भनेका छन्।

गुओको राजनीतिक सक्रियता र हाई-प्रोफाइल, दक्षिणपन्थी अमेरिकी राजनीतिज्ञ र कार्यकर्ताहरूसँगको सम्बन्धले उनलाई लाखौं अनलाइन फलोअरहरू कमाउन सहयोग मिल्यो। जसमध्ये अधिकांश पश्चिमी देशहरूमा बस्ने चिनियाँहरू थिए।