BIZMANDU
www.bizmandu.com

नयाँ सरकार बनेपछि महान्यायाधिवक्ताबाट हटे पोखरेल, राष्ट्रपतिले गरे राजीनामा स्वीकृत

२०८१ साउन १

नयाँ सरकार बनेपछि महान्यायाधिवक्ताबाट हटे पोखरेल, राष्ट्रपतिले गरे राजीनामा स्वीकृत
नयाँ सरकार बनेपछि महान्यायाधिवक्ताबाट हटे पोखरेल, राष्ट्रपतिले गरे राजीनामा स्वीकृत

काठमाडौं। महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वीकृत गरेका छन्।

Tata
GBIME
Nepal Life

आफूलाई महान्यायाधिवक्ता बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पोखरेलले राजीनामा दिएका थिए। उनलाई महान्यायाधिवक्ता कार्यालयले असार ३० गते नै बिदाइ गरेको थियो।

तत्कालीन प्रधानमन्त्री ‘प्रचण्ड’ले २०७९ पुस १३ गते पोखरेललाई महान्यायाधिवक्ता बनाएका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रुपमा लिइन्छ। पोखरेललाई महान्यायाधिवक्ता बनाएका प्रचण्ड प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि असार २८ गते पदमुक्त भएका थिए।

पोखरेलको राजीनामा स्वीकृत भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई महान्यायाधिवक्ता नियुक्त गर्ने बाटो खुलेको छ।